रोल्पा, २८ पुस । सरकार द्वारा प्रतिबन्धीत नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा विप्लव समुहको भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य भिम बहादुर बिश्वकर्माले आईतबार पार्टी परित्यागको घोषणा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पा समक्षा प्रेस बिज्ञप्ती सार्बजनिक गरी बिप्लब माओबादीले अपराधीक गतिबिधिलाई प्रशय दिई हिंसात्मक बन्न पुगेको उल्लेख गर्दै अब देखी आफु सामान्य नागरिकको रुपमा मात्र जिबनयापन गर्ने उल्लेख गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ बेलभार दाङ बस्ने बिश्कर्मालाई पक्राउ गरी दाङ बाट गत असार ८ गते रोल्पा ल्याईएको थियो । बिश्वकर्मालाई जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिक शान्ति विरुद्धको कसुर अर्न्तरगतको मुद्दा दायर भई साउन ३ गते जिल्ला प्रशासनले ५० हजार रुपैया धरौटी तोकेको थियो तर उनले धरौटी तिर्न नसक्दा सोही दिन जिल्ला कारागार रोल्पा चलान भएका थिए ।