२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन चयन

तुलसीपुर, २७ पुस । चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन । संघको सोमबार भएको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा उनि अध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै संघको उपाध्यक्षमा सन्तोष केसि, सचिवमा पुर्ण के.सि. सह–सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरि निर्वाचित भएका छन् । नौ सदस्यीय कार्यसमिति रहेको सदस्यहरूमा भुपेस वलि, मिना खड्का, राजेश खत्रि र आशिष केसि रहेका छन । संघका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता तथा संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन भएको थियो ।

यसैविच जिल्ला अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैया राशिको देवलोचन रङ्ग पत्रकारिता पुरस्कार वाट सन्तोष केसी पुरस्कृत भएका छन ।