२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

पत्रकार कुसारीको प्राविधिक खर्चमा विद्युत तार विस्तार

गोल्टाकुरी, पुस २८ । दाङका पत्रकार देविराम कुसारीको प्रविधिक खर्चमा दंगिशरण गाउँपालिका वडा नं. २ स्थित नमुना रोड सरुवाडाँडामा विद्युत तार विस्तार गरिएको छ ।

पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि सो तार विस्तार गरेका हुन् । तार ढुवानि र विस्तारका लागि प्राविधिक खर्च आफुले व्यक्तिगत रुपमा व्यवस्था गरेको पत्रकार कुसारीले जानकारी दिएका छन् । पत्रकार कुसारीको निजि खर्चमा करिव दुई सय मिटर विद्युत तार विस्तार गरीएको हो । विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गोपिलाल चौधरी लगाएतको टोलिले सोमबार नै तार विस्तार गरी स्थानियको घरमा नजिकै बाट तार जडान गरेको छ ।

यसरी तार विस्तार भएपछि टाढा वाट सर्भिस तारमा लाग्ने खर्च, पटक पटक तार चुडिने लगाएत बिजुलि स्पार्किङ्को समस्या बाट स्थानियवासी मुक्त भएका छन् ।