२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

एनसेलमा अब १९१ रुपैयाँमै साप्ताहिक ६ जीबी डेटा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्याक ल्याएको छ । सस्तो दरमा डेटा र भ्वाइस सेवा प्रयोग गर्न मिल्ने गरी कम्पनीले यो प्याक ल्याएको हो ।

मंगलबार देखि लागु भएको यस योजना अन्तर्गत एनसेलले साप्ताहिक प्याकहरु २ जीबी र ६ जीबी गरी छुट्टा छुट्टै योजना ल्याएको छ । २ जीबी प्लान अन्तर्गत ग्राहकले ९५.७७ रुपैयाँमा २ जिबी डेटा प्राप्त गर्नुका साथै एनसेल नेटवर्क भित्र प्रति मिनेट १.२८ रुपैयाँमै कल गर्न पाउने छन् ।

त्यसैगरी ६ जीबी प्लान अन्तर्गत ग्राहकले १९१.५४ रुपैयाँमा ६ जिबी (२ जीबी भिडियो डेटा सहित) पाउनेछन् । यो प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल प्ले, म्याप्स आदिमा प्रयोग गर्न सकिनेछ ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफै डेटा बन्द हुने कम्पनीले जनाएको छ । साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहनेछ । ग्राहकले *17123# डायल गरी प्राप्त निर्देशन अनुसार आफूले चाहेको प्लान रोज्न सक्नेछन् ।