झग्गु भण्डारी, २८ पुस दाङ । घना जङ्गलको विचमा शिवपार्वतीको मन्दिर, मन्दिर नजिकै भित्ता, भित्तामा अनौठा विभिन्न किसिमका बाजा बज्ने गर्ने गर्छन । भित्तामा आएका चुचुरा जस्ता भागमा बजाउदा मादल बजे जस्तै बज्ने गर्छ । फरक फरक किसिमको मादल र दमाह जस्तै स्वर सुन्न सकिन्छ ।
रोल्पाको परिबर्तन गाउँपालिका वडा नं. २ रावलगाउँ देखि ३ किलोमिटर उकालो जङ्गलको भित्तामा अनौठो किसिमको मादल र दमाह जस्तो बाजा बज्दा जो कोही पनि अचम्मीत पर्छन ।
नेपाल भ्रमण बर्ष २०२० सुरू भइरहँदा यो पनि एउटा धार्मिक पर्यटकिय क्षेत्र हो । निकै अचम्मको दृश्य अवलोकन र अनुभव गर्न सकिने यस्तो धार्मिक पर्यटकिय स्थल यो एक मात्र रहेको शिक्षक कुल बहादुर डाँगी बताउछन । यो स्थलको बारेमा सुन्दा कसैले पनि पत्याउँदैन डाँगीले भने आफैं यो स्थलमा पुग्दा अचम्ममा पर्छन् । मादल र दमाह जस्तो स्वर दिदा जो कोहीलाई पनि एकछिन त रनभुलमा पार्छ ।
२०७० साल जेठ ११ गते पुर्णिमाको दिन यो स्थल पत्ता लागेको त्यहाँका पुजारी प्रेमसिंह डाँगीले बताए । पुजारीका अनुसार पुर्णिमाका दिन मन्दिरबाट हराएका उनी त्यस स्थलमा बजाउँदै गरेको अवस्थामा भेटिएका थिए । मन्दिरबाट हराएका पुजारी खोज्न भनि हिडेका आफ्ना चेलाहरूले मादलको आवाज बजेको सुनेका थिए । जङ्गलमा कसले मादल बजायो भनेर पछ्याउँदै जांदा भित्ताका चुचुरा बजाउँदै गरेको अवस्थामा पुजारी भेटिएका थिए, जो मादल झै बजिरहेको थियो । त्यो दृश्य देख्दा चेलाहरू छक्क परे ।
शिव भगवानले आफुलाई त्यस स्थानमा लगेको पुजारी दावि गर्छन । आफू त्यहाँ गएको सपना जस्तो लाग्ने गरेको पुजारी डाँगीले बताए । “म होसमा आउँदा मादल बजाई रहेको थिए” उनले भने – “यो शिव भगवानको शक्ति हो । शिवशक्ति बाजा दावि गर्ने पुजारीले यसको संरक्षणमा गाउँले बाहेक कसैले सहयोग गरेका छैनन् ।” । सम्वन्धीत निकायले संरक्षण र प्रचारप्रसारमा ध्यान नदिएको पुजारीले गुनासो गरे । साँच्चीकै नेपाल भ्रमण २०२०लाई सफल पार्ने हो भने यस्ता धार्मिक महत्व वोकेका स्थलहरुको प्रचार प्रसार र संरक्षण गर्न आवश्यक छ ।
शिबशक्ति बाजा अवलोकनबाट फर्केपछि झग्गु भण्डारीको रिपोर्ट :