काठमाडौ । तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । मंगलबार काठमाडौमा उपमहानगरपालिका र उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका बिचमा उद्योग ग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा उपमहानगरपालिकालाई ग्राम स्थापनाका लागि ९२ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो । हस्ताक्षर पत्रमा स्थानिय तहकै लगानीमा ३ महिनाभित्र बिस्तृत परियोजना प्रतिबेदन बनाएर काम अगाडि बढाउने उल्लेख गरिएको छ । मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ बटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ । दाङमा १० वटा स्थानीय तहमध्य तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू गरेको हो । समझदारी पत्र हस्तान्तरण कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड लगाएतको सहभागिता रहेको थियो ।