२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

तुलसीपुर जेसिजद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

तुलसीपुर २९ पुस । तुलसीपुर नगर जेसिजले दाङको तुलसीपुर उपमहानगरपालिकाका ३ वटा विद्यालयका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका १० जना, माबि दोघरेबाट १० र माबि बालापुरका १० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

तुलसीपुर नगर जेसिजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त न्यानो कपडा वितरण गरिएको जेसिजका अध्यक्ष मोहन सुनारले बताए । जेसिजका सम्पुर्ण सदस्यहरुको खाजा खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।