२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी बुटवल बन्ने संकेत

२९ पुस, बुटवल । प्रदेशसभा गठन भएको झण्डै दुई वर्षसम्म प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसकेपछि प्रदेश ३ र ५ का मुख्यमन्त्री र नेताहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को नेतृत्वसँग गुहार मागे । नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्न निर्देशन दियो र, प्रदेशसभाबाट त्यही प्रस्ताव सहज रुपमा पास भयो । प्रदेश ३ को नामकारण प्रक्रियाले प्रदेश ५ का नेकपाका नेताहरुलाई राहत दिएको छ ।

३ फागुनमा प्रदेश स्थापना दिवस मनाउँदा नाम र स्थायी राजधानीको टुंगो लागीसक्ने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री वैजनाथ चौधरी भन्छन् । प्रदेशको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समितिले प्रतिवेदन पनि बुझाइसकेको छ, जसमा नामबारे कुनै विवाद छैन । राजधानीमा भने बुटवल र दाङमध्ये एक हुने उल्लेख छ । तर प्रदेश ३ को नजीरलाई टेकेर अस्थायी राजधानी तोकिएको बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्ने मत बलियो भएको छ ।

राजधानी बुटवल कि दाङ भन्ने विवाद
प्रदेश ३ को नजीरले बुटवल राजधानी हुनुपर्छ भन्नेहरुलाई उत्साहित बनाए जस्तै दाङ राजधानी हुनुपर्छ भनेर लविङ गरेकाहरुलाई भने निराश बनाएको छ । दाङ राजधानी हुनुपर्छ भन्ने मत राख्दै आएका नेकपाका एक प्रदेशसभा सदस्य भन्छन्, ‘प्रदेश ३ को निर्णय नहुँदासम्म हामी पनि दाङ र रुपन्देहीका पक्षमा विभाजित थियौं, अब हामीले बुटवलको विकल्प खोजिएला जस्तो लागेन ।’

प्रदेशसभामा नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक/एक सांसद छन् ।

आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, समाजवादी मगर संघ लगायतले पनि प्रदेशको नाम थरुहट–मगरात राख्ख्नुपर्ने भन्दै हस्ताक्षर संकलनलगायतका दबाबमूलक अभियान चलाँउदै आएका छन् । प्रदेश ५ को कूल जनसंख्याको करिब ३० प्रतिशत मगर र थारु समुदायका छन् ।

स्रोत : अनलाईन खबर