२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

ईप्रका खिलतपुरका नयाँ प्रहरी निरीक्षकलाई स्वागत

२९ पुस, खिलतपुर । ईलाका प्रहरी कार्यालय खितलपुरमा केहि दिन अघि सरूवा भई आउनु भएका प्रहरी निरीक्षक मोहन बिक्रम के.सीलाई मंगलबार एक कार्यक्रमका विच स्वागत गरिएको छ । बबई गाउँपालिका उपाध्यक्ष साबीत्रा बिश्वकर्माको प्रमुख आथित्य के.सीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष वि.कले पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्न अहम भुमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रम मा नेपाली कांग्रेस बंबई का सभापती बल बहादुर बुढा, वडा न ६ का वडाध्यक्ष राम बहादुर डाँगी, हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञान प्रसाद आइतबारे लगाएतले सवै सँग समन्वय गरेर पश्चिमदाङको शान्ति सुरक्षालाई मजवुत बनाउन आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा निरीक्षक मोहन बिक्रम के.सीले जनताको शान्ति सुरक्षाका लागि आफु सँधै खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वागत कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख देवराज वलीले गर्नुभएको थियो ।