२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा माघीको चहलपहल सुरु

दाङ । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते मासुको जोहो गरेर औपचारिक रुपमा माघिको सुरुवात गर्ने गर्दछन् ।

उनीहरुले रातभर मघौटा र ढुम्रा गित गाएर मनाउने गर्छन । रातभर ढुम्रा गाएका थारु समुदाय विहान सबेर नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन । स्नान गरेर घर फर्किएपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् ।

माघे संक्रान्ति माघको पहिलो दिनमा मनाइन्छ। नेपालीहरूले यसलाई माघ महिनाको शुभ महिनाको रूपमा मनाउँदछन्। चिसो पोसेको महिनाको तुलनामा यस चाड लामो र अपेक्षाकृत तातो दिनहरूको बन्दरगाह हो। यस दिन, सूर्य उत्तरी गोलार्द्ध तिर बढ्न सुरु गरिन्छ भन्ने विश्वास गरिन्छ। त्यस अर्थमा, माघे संक्रान्ति अन्य धार्मिक परम्परामा विलासी चाडहरूको समान छ।

माघको पहिलो दिनमा नेपालका तराई जिल्लाहरु (दाङ, बाँके, बर्दिया) मा थारू समुदायले माघी वा नयाँ वर्षको रूपमा मनाउँछन्।