२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

थारु समुदाय साँस्कृतिक रुपमा निकै धनी – नगरप्रमुख पाण्डे

१ माघ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थारु समुदायको सबैभन्दा महत्वपूर्ण चाड माघी र मकर संक्रान्तीको अवसरमा शुभकामना दिएका छन् । उनले थारु समुदाय साँस्कृतिक रुपमा निकै धनी भएको उल्लेख गर्दै त्यसको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार सधै सक्रिय भएर लाग्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सफल वनाउनका लागि थारु समुदायको कला, संस्कृति, रहनसहन र खानपानको महत्वपूर्ण भुमिका रहने पनि वताइएको छ । “माघी पर्वले सबै जातजाति, धर्म र सम्प्रदायका विचमा सहिष्णुता कायम गर्न सकोस्” उनले उल्लेख गरेका छन् ।

यसैविच नगरप्रमुख पाण्डेले योग दिवसको अवसरमा समेत शुभकामना दिएका छन् । मानसिक र शारिरीक रुपमा स्वस्थ रहनका लागि योगको महत्वपूर्ण भुमिका हुने भन्दै उनले योग दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । तुलसीपुरलाई योगासिटीका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले टोलटोलमा योगा शिविर सञ्चालनका लागि सहजिकरण गरिरहेको समेत शुभकामना सन्देशमा उल्लेख छ ।