२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

एसइईको नतिजा सुधार्न प्रदेश ५ ले विशेष कक्षा सञ्चालन गर्ने

माघ १, बुटवल । राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार २०७५ सालको एसइई परीक्षामा प्रदेश ५ मा सम्मिलित ७५ हजार ८३४ विद्यार्थीमध्ये गणित विषयमा ४३ हजार ८७८ विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए। विज्ञानमा २५ हजार ४९४ विद्यार्थीले डी प्लस, डी र ई ग्रेड ल्याए। यसलाई हेर्दा २०७५ को एसइई परीक्षामा प्रदेश ५ का ७२ प्रतिशत विद्यार्थीले गणित र विज्ञानमा ‘ई’ ग्रेड प्राप्त गरे। यी दुई विषयमा ‘डि’ र ‘ई’ ग्रेड ल्याएका ७२ प्रतिशत विद्यार्थीले उच्च शिक्षामा राम्रो विषय लिएर पढ्न नपाउने जोखिम बढ्यो। राम्रो ग्रेड नपाएका विद्यार्थीले राम्रो विषयमा उच्च शिक्षा अध्ययन गर्न नपाउने जोखिम हुने भएकाले प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले उक्त विषयमा विशेष कक्षा सञ्चालन गर्ने भएको छ।

आउदो चैतमा एईई सञ्चालन हुने हुँदा अवको दुई महिना एसइईमा सामेल हुने विद्यार्थीका लागि माघको पहिलो हप्तादेखि विशेष कक्षा सञ्चालन गर्न लागिएको हो। प्रदेशका ८ सय ८८ विद्यालयमा गणित र ७४२ विद्यालयमा विज्ञान विषयका विशेष कक्षा सञ्चालन हुने छन्। यस अभियानले प्रदेशका १२ जिल्लाका ५७ हजार ७४७ विद्यार्थीलाई प्रत्यक्ष लाभ दिने मन्त्रालयको ठहर छ।