२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

मुख्यमन्त्रीको निवासमा माघीको शुभकामना आदान प्रदान

रुपन्देही । माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार माघी भोज तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन्। मुख्यमन्त्री निवासमा आयोजित माघी भोजमा खिचडी, घोँगी, ढिकरी, तरुल लगायत विभिन्न थारु परिकारहरु राखिएको थियो।

त्यसैगरी थारु संस्कृती र झाँकीहरु प्रदर्शन गरिएको थियो। पाँच नम्बर प्रदेश थारु बाहुल्य भएको ठाउँ हो। प्रदेशका विभिन्न ठाउँमा केही दिन अघिबाटै माघी महोत्सव चलिरहेका छन्। प्रदेश सरकारले माघीको अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ।