२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

बर्दियामा भएको टयाक्टर दुर्घटनामा एकको मृत्यु, १५ घाइते

१ माघ, बर्दिया । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।