२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

रोल्पाका मृगौला पीडितलाई राप्ती समाज कोरियाको सहयोग

काठमाडौं, १ माघ । मृगौला प्रत्यारोपणका लागि रोल्पाको परिवर्तन गाउँपालिकाका लोक बहादुर खड्कालाई मंगलबार काठमाडौमा एक कार्यक्रम गर्दै सहयोग रकम हस्तान्तरण गरिएको छ।

राप्ति समाज दक्षिण कोरियाका पुर्ब अध्यक्ष तथा समाजसेबि,अभियन्ता बिर कुमार ओलिको नेतृत्वमा कोरियाबाट सङ्कलित रकम रु. १६०६६० र सगरमाथा फर्माबाट आएको सहयोग रकम रु.२५०० मृगौला प्रत्यारोपणका लागी पीडित स्वयमलाई समाजसेवी निमेस कुमार वलि, युवा नेता पुस्प वलि, विद्यार्थी नेता अशोक भण्डारीको नेतृत्वमा मंगलवबार काठमाडौको पेरिसडाँडामा एक कार्यक्रम गर्दै हस्तान्तरण गरिएको हो ।

रोल्पा जिल्ला परिबर्तन गाऊँपालिका ५ राङकोट निबासी बर्ष ४० का लोक बहादुर खड्का बिगत छ महिनादेखि दुबै मृगौला फेल भइ सिथिल परेका थिए । पिडित खड्काले आफ्नो ज्यान बचाई दिन देशविदेशमा हारगुहार गरेका थिए । यसरी देशविदेश बाट आफ्नो ज्यान बचाइदिन सहयोग गर्नेहरु प्रती पीडित खड्काले आभार प्रकट गरेका छन ।