२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

२०७७ सालमा विवाहको लगन १८ दिन मात्रै, दशैं कात्तिकमा

काठमाडौंं । यो बर्षको अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४/४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।

मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।