बाँके, १ माघ । बाँकेकाे कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिनुभएको छ । खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचकाे शंकर होटेलमा बुधबार फेला परेको हो । नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्युको जानकारी आएपछि पालिकाको टोलि बहराइच जान लागेको बताउनुभयो ।
६८ वर्षीय खड्का पालिकाकाे चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएको थियाे ।