२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

आज देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उहाँले बताउनु भयो । तर लगातार झरीको सम्भावना भने छैन ।