२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

पश्चिम दाङमा डोजरको ठक्करबाट एक बृद्धको मृत्यु

दाङ, २ माघ । पश्चिम दाङमा डोजरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । पश्चिम दाङको शान्तिनगर गाउँपालिमा पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधकार राती साढे नौ बजे शान्तिनगर–१ हारीचारमा ठक्कर दिंदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचारका स्थानीय ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

डोजरको ठक्करबाट बृद्धको टोउको र दाहिने हातमा गम्भिर चोट लागेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको बताईएको छ ।