२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

रोल्पामा प्रदेश कै ठूलो जलविद्युत आयोजनाको सम्पर्क कार्यालय उद्घाटन

रोल्पा, १ माघ । १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । आयोजनाको सम्पर्क कार्यालय उद्घाटन बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजना क्षेत्र माडीचौरमा उद्घाटन गरेका हुन् ।

देश नं। ५ कै ठूलो जलविद्युत् आयोजनाको कार्यालय उद्घाटन भएसॅगै आयोजनाले स्थलगत अध्ययन थालेको छ । माडीमा चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी हुनेछ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले आयोजना समयमै निर्माण सम्पन्न हुने बताएका छन् ।