२०७७ कार्तिक ४ गते मङ्गलवार
२०७७ कार्तिक ४ गते मङ्गलवार

दाङको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

बबई, ३ माघ । पश्चिम दाङको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बिहीबार राती पश्चिम हापुरेबाट रगैंजा तर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाईकल बबई गाउँपालिका वडा नं. ६ स्थित चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका वडा नं. ५ काँशीपुर निबासी ४५ वर्षिय चोपीलाल के.सीको मृत्यु भएको हो । गम्भिर घाईते के.सीलाई उपचारार्थ नेपालगन्ज लैंजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मोटरसाईकल तिब्र गति भएर अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुले जानकारी दिएको छ ।