२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

यूएईमा बस दुर्घटना हुँदा ३ नेपाली सहित ६ को मृत्यु

यूएई । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि  ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।