२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीमा कृषि औद्योगिक महोत्सव हुँदै

घोराही, ३ माघ । दाङ उद्योग बाणिज्य संघको मुख्य आयोजनामा यहिँ माघ १० गतेदेखि घोराहीमा कृषि औद्योगिक महोत्सव २०७६ सुरु हुँदैछ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गाउँसम्म व्यवसाय विस्तार’ भन्ने मुल नाराका साथ माघको १० गतेदेखि २० गतेसम्म सञ्चालन महोत्सवमा सञ्चालन हुन लागेको हो ।

घोराहीमा रहेको कृषि सामाग्री संस्थाको खाली जग्गामा हुने महोत्सव मा मा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, पशुपति शर्मा, रामजी खाँड, खुमन अधिकारी, बद्रि पंगेनी, मेलीना राइ, प्रकाश सपूत, अन्जली अधिकारी, प्रीती आले र स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सव मुल आयोजक समितीले जनाएको छ ।