२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

नेपाली काँग्रेसका सभापति देउवा शनिबार दाङ आउँदै

दाङ, ३ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिवार दाङ आउने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आइतवार घोराहीमा हुने अधिकारकर्मीको कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। शनिवार दाङ आएपछि उनी तुलसीपुरमा बस्ने गरि कार्यक्रम तय भएको छ ।

सभापति देउवा माघी मनाउन र जिल्लामा हुने अधिकारकर्मीको कार्यक्रमलाई सम्वोधन गर्न दाङ आउन लाग्नु भएको नेपाली काँग्रेसका नेता समेत रहेका प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए ।