दाङ, ३ माघ । सरकारले देशका सबै जिल्लामा सामाजिक बिकास कार्यालय स्थापना गर्ने भएको छन् । सामाजिक सेवाका कार्यलाई प्रभावकारी बनाउन कार्यालय स्थापना हुने भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका सबै जिल्लामा सामाजिक बिकास कार्यालय स्थापनाको तयारी गरिएको हो । त्यसका लागि मन्त्रालयले सबै प्रदेशका सामाजिक बिकास मन्त्रीसंग छलफल समेत गरेको छ ।
त्यसका लागि सैद्धान्तिक सहमति समेत जुटेको मन्त्रालयले जनाएको छ । केही महिनामै कार्यालय स्थापना हुने तयारी गरिएको छ ।