२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा पन्ध्र करोडको कारोबार गर्ने लक्ष्य

शरद रेग्मी, तुलसीपुर ३ माघ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरुले तुलसीपुरमा हुन लागेको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण
भुमिका खेल्ने बताउनु भएको छ । तुलसीपुरमा हुन लागेको तुलसीपुर महोत्सव २०७६ का बारेमा जानकारि दिने उदेश्यले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावतले त्यस्तो बताउनु भएको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघले समय समयमा आयोजना गरेको मेला महोत्सवबाट रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटको महोत्सब बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताउनु भयो । माघ १० गते देखि सुरु हुने महोत्सव लाई सफल पार्न दाङ वासीको सहयोगको अपेक्षा गर्दै अध्यक्ष रावतले सवैको सहयोगमा सभ्य एवं भब्य रुपमा महोत्सवलाई सफल पार्ने बताउनु भयो । संघका अध्यक्ष रावतले यस पटको महोत्सवबाट धेरै भन्दा धेरै रकम बचत गरेर सभाहललाई पूर्णता दिने बताउनु भयो । साथै रावतले नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गर्ने बताउनु भयो ।

त्यसै गरी पत्रकार सम्मेलनमा बोल्दै संघका नि.वर्तमान अध्यक्ष विमल रिजालले महोत्सवमा ५ लाख दर्शकको सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको बताउनु भयो । संघले आयोजना गरेको तुलसीपुर महोत्सव २०७६ लाई सभ्य रुपमा सम्पन्न गर्न सवैको सहयोगको
अपेक्षा गर्दै यसपटक महोत्सवलाई नयाँ तरिकाले सम्पन्न गर्ने बताउनु भयो । रिजालका अनुसार महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता, साईकिलीङ, नृत्य प्रतियोगिता, हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम समावेश गरिएको बतानउनु भयो ।