२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

‘गजल’

शनिबार विशेष – विचार/साहित्य स्तम्भ पढ्न यहाँ क्लिक गर्नुहोस । ……………………….

नाम : गोमा वली खड्का
ठेगाना : लमही, दाङ

मैले खुसी मागी नसक्दै तारा खसेर हो ।
सायद भाग्य लेखी नसक्दै मसि सकेर हो।।

अझै सम्म त चल्दैछ ढुकढुक गर्ने यो मुटु,
थाहा छैन अकस्मात् रोकिने कति खेर हो ।।

मलाई भोक छैन भन्दै भाँडो रित्याइन आमाले,
आफ्नो भोक मारेको सन्तान अघाओस भनेर हो।।

बिहान देखि कुक्क–कुक्क बाडुल्किले सताइरह्यो,
कि त काल कि पक्कै मेरि आमाले सम्झेर हो।।

कस्तो छ भनी सोध्नेहरु, घाइते छु हिजोआज,
नसोच्नु स्कुटी जुधेछ, आँखा–आँखा जुधेर हो।।