२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

आजदेखि देशभरीकै मौसम खुल्ने

काठमाण्डौ । आजदेखि देशभरीकै मौसम अब बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ ।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । गएको २४ घण्टामा देशभरी नै पानी परेको थियो ।