२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

धरौटीमा छुटे लगत्तै ‘विप्लव’ का दुई कार्यकर्ता पक्राउ

माघ ४, दाङ । धरौटी बुझाएर छुटे लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले पुनः दाङबाट पक्राउ गरेको छ। नेकपाको भ्रातृ संगठन दलित मुक्ति मोर्चा दाङका जिल्ला अध्यक्ष सुरज परियार र पार्टी सदस्य विष्णुबहादुर रावत जिल्ला अदालत दाङले शुक्रवार धरौटीमा छाडेको थियो। तर, रिहा हुने बित्तकै प्रहरीले पुनः पक्राउ गरेको हो। गत असोज ३० मा नेकपा मध्य कमाण्ड ईन्चार्ज वीरजंगसहित २१ जनालाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो।

तीन महिनासम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर, पुनः पक्राउ पर्ने बताउँदै उनीहरु सबै कारागार गएका थिए। कारागार गएका चारजना नेताले केही दिनअघि धरौटी बुझाएर रिहा हुने क्रममा प्रहरीले पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पु¥याएको थियो।