२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङको बेलझुण्डीमा ‘प्रदेश स्तरिय एक्स्पो’ हुने

तुलसीपुर, ४ माघ । प्रदेश नम्बर पाँचको सरकारको स्थापना दिवसको अवसरमा दाङमा प्रदेश एक्स्पो हुने भएको छ । फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा हुने एक्स्पोको बारेमा छलफल कार्यक्रम आयोजना गरिएको छ । प्रदेश नम्बर ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश पाँचका स्थानीय तहको विशेष प्रस्तुति रहने प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताउनुभयो । त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका वस्तुहरुको प्रदर्शनी गरिने छ । एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराइने मन्त्री केसीले जानकारी दिनुभयो ।

एक्स्पोमा पाँच नम्बर प्रदेशभित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधिजन्य वस्तुको बारेमा समेत जानकारी गराइनेछ । त्यसैगरी मगर, थारु, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ भनेँ सारङ्गी वाद्यवादन समेत राखिने भएको छ । प्रदेश नम्बर ५ को कला संस्कृति झल्काउने दुई सय जनाको विशेष टीम तयार पारेर प्रर्दशनी गरिने बताइएको छ । नेपाली सेनाले एक्स्पोमा विशेष स्टल निर्माण गर्ने बताइएको छ । कार्यक्रमा सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ ।

छलफल कार्यक्रममा संघीय सांसद सुजिता शाक्यले केन्द्र सरकारको सन् २०२०लाई मध्यनजर राख्दै २० लाख बाह्य पर्यटक भित्र्याउने अभियानलाई एक्स्पोले थप टेवा पु¥याउने बताउनुभएको थियो ।