४ माघ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ मा शनिबार भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ, भने अन्य पाँच जना घाइते भएका छन् । ज्यान गुमाउनेमा लहान–१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेका प्रहरीले जनाएको छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्र्याक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।