२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर फुटसलको उपाधी ज्ञान ज्योतिलाई

लक्ष्मण बस्नेत, तुलसीपुर ४ माघ । दाङको तुलसीपुरमा भएको खुला फुटसल प्रतियोगिताको उपाधी पब्लिक ज्ञानज्योतीले चुमेको छ । मुनाल युवा क्लब तुलसीपुर ४ रक्षाचौर दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल खेलमा स्काई सुर्खेतलाई पेनाल्टिमा शून्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसीपुरले उपाधी चुमेको हो । उपाधीसंगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पा‍र्यो ।

उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सीमित रहदै नगद २५ हजार पुरस्कार राशिमा चित्त बुझाउन बाध्य भयो । तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा उल्लेख्य दर्शककाबीचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेलको निर्धारित समय सिमा सम्म ४/४ गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको हो ।

स्थानीय स्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने उद्देश्यकासाथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम र आदेश केसी रहेका थिए ।