२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

थारु समुदाय सांस्कृतिक रुपमा निकै धनी – देउवा

तुलसीपुर, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले थारु समुदाय सांस्कृतिक रुपमा निकै धनी भएको बताएका छन् । उनले पछिल्लो समय समाज आधुनिकतामा रमाउन थालेको अबस्थामा थारु संस्कृति, पहिचानलाई आधुनिकताको नाममा ओझेलमा पार्न नहुने बताए ।

बरघर मटाँवा महासंघ दाङको आयोजनामा शनिबार बेलुका तुलसीपुरमा भएको थारु सास्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै देउवाले यस्तो बताएका हुन् । प्रत्येक बर्ष माघीमा दाङ आउने गरेका देउवा यस बर्ष पनि आएका छन् ।

देउवाले आईतबार दाङको दंगीशरण गाउँपालिका स्थित थारु संग्राहलयको अवलोकन पनि गर्ने कार्यक्रम रहेको छ ।

बरघर मटाँवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री दीपक गिरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । केन्द्रीय अध्यक्ष तथा प्रदेशसभा सदस्य डिल्ली चौधरीले स्वागत मन्तब्य बाट कार्यक्रम सुरु भएको थियो ।