२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

आजबाट प्रदेश ५ संसदको हिउँदे अधिवेशन सुरु

५ माघ, बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएपछि यहाँको संसद् ‘विजनेस’विहीन अवस्थामा गुज्रिएको थियो ।

आइतबार आह्वान गरिएको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने उनले बताए ।