२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

५ माघ, काठमाण्डौ । तीन महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विवाद टुंगो लागेको छ । आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो ।

दुई नेताबीच भएको सहमति आइतबार ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।