२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

जन्मदिनको अवसरमा मृगौला पिडीतलाइ सहयोग

५ माघ, दाङ । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नं. ३ का उपसभापती, युवा ब्यवसायी तथा समाजसेवी प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसर पारी मृगौला पिडीतलाई आर्थिक सहयोग गर्नु भएको छ ।

तुलसिपुर उपमहानगरपालिका वार्ड नं. ९ सल्लिबनका ५५ बर्षिय सार्कु वलिलाई बस्नेतले ६१०५ रुपैया सहयोग गर्नु भएको हो । “जन्मदिनमा अनावश्यक भड्किलो खर्च गर्नु भन्दा मेरो सानो सहयोगले कसैलाई थोरै भएपनि राहत हुन्छ भन्ने सोचेर सहयोग गरेको हुँ ।” बस्नेतले बताउनु भयो ।