२०८१ कार्तिक १८ गते आइतवार
२०८१ कार्तिक १८ गते आइतवार

हात्तीपाईले निवारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

जीवन न्यौपाने, ५ माघ बङ्गलाचुली । नेपाल सरकार स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय हात्तीपाईले (फाईलेरीया) रोग निवारण कार्यक्रम अन्तर्गत बिद्यालय सचेतना कार्यक्रम आईतबार बङ्गलाचुली गाउँपालिकाको महेन्द्र माद्यमिक विद्यालय श्रीवारीमा सम्पन्न भएको छ ।

सचेतना कार्यक्रममा बिद्यालयका शिक्षक तथा विद्यार्थी गरि करिव १५० जनाको सहभागिता रहेको थियो । आगमी माघ १५ गते देखि सुरु हुने राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियान सफल बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा सहभागीहरुलाई हात्तीपाईले रोगको परिचय , लक्षणहरू, औषधिको मात्रा, सर्ने तरिका, रोग लाग्ने कारण, कति जनसंख्या यसको जोखिममा रहेको छ, औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरू, खुवाईने औषधिहरु, औषधि सेवनका असरहरू लगायतका बिषयमा जानकारी गराइएको थियो ।

२०६३ साल देखि पर्सा जिल्ला बाट सुरु भएको हात्तीपाईले रोग निवारण कार्यक्रम हाल नेपालमा १३ जिल्लाहरूमा कार्यक्रम सञ्चालनमा छ भने ५० जिल्लाहरूमा अभियान समाप्त भएको छ । बिश्वका ५० भन्दा बढी मुलुकमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।