माघ ६, काठमाडौं । पश्चिमी वायु सक्रिय हुँदा सोमबार नेपालको मध्य र पश्चिमी भेगमा पानी र हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही दिन लगातार बर्षा गराएर केही निष्क्रिय बनेको पश्चिमी वायु सोमबार देखि फेरि सक्रिय हुँदैछ। मध्य र पश्चिम क्षेत्रमा पानी बर्षा र हिमपात हुने तथा देशभर नै आकाशमा बादल लागेर घाम छेकिनेछ।
तराईमा लागेको हुस्सु र कुहिरो बेलुकीपख मात्रै हट्दै जाने महाशाखाकी मौसमविद मन्जु बासीले जानकारी दिइन्। राती भने पूर्वी र मध्य तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।