२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

सल्यान बागचौरका वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

माघ ५, सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका २ का वडाध्यक्ष घनश्याम शर्मासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले शर्मासहित ६ जनाविरुद्ध विषेश अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ। अख्तियारका अनुसार सबइन्जिनियिर योगी योगी र सहायक सबइन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको देखिएको छ। अख्तियारले सडक निर्माणका आयोजना समितिका चारजना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।