२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राष्ट्रियसभा निर्वाचन : आज रातिबाट मौन अवधि सुरु

६ माघ, काठमाडौं । यहिँ माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार, आज राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ ।

निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । आयोगका अनुसार,
सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।

राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ । सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन् ।