२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

प्रदेश ५ प्रदेशसभाका जेष्ठ सदस्य पोखरेलको निधन

६ माघ, बुटवल । प्रदेश ५ प्रदेशसभाका जेष्ठ सदस्य नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका शर्मा क्यान्सर रोगबाट पीडित थिए । ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका हुन् ।  पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।