२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

तुलसीपुर महोत्सवमा यातायात व्यवस्थापन गर्न नगरबस

तुलसीपुर, ६ माघ । तुलसीपुर महोत्सव नजिकिंदै गर्दा महोत्सवमा यातायात व्यवस्थापनलाइ सहज बनाइएको छ । विशेषगरी नजिकका यात्रुहरुलाइ लक्षित गरी यातायात व्यवस्थापन समेत भैसकेको महोत्सव आयोजक यातायात उपसमितिले जनाएको छ ।

कुनैपनि यात्रुले महोत्सवमा यातायातको समस्या भोग्नुपर्ने अवस्था नआओस भनेर यातायात व्यवस्थापन गरिएको यातायात तथा स्वयमसेवक उपसमितिका संयोजक शुरेश हमालले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका यात्रुहरुलाइ मध्यनजरगर्दै जिल्लाका सवै यातायात व्यवसायीहरुको पहलमा नगर बस सन्चालनको अवधारणा ल्याइएको बताइएको छ । तुलसीपुरको पश्चिम कृष्णमन्दीर, दक्षिण पुकार पशल, उत्तर लाहुरेचौर र पूर्व विजौरी सम्म जाने आउने भाडादर दश रुपैया तोकीएको छ ।