२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश ५ सरकारले वैशाखमा लगानी सम्मेलन गर्दै

बुटवल, ६ माघ । प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका सन्दर्भमा सरकारले सोमबार प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका मेयर र उपमेयरहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र मैत्री प्रदेश बनाउंदै स्वदेशी विदेशी लगानी भित्राउन वैशाखमा लगानी सम्मेलन गर्न थालेको जानकारी गराए । उनले प्रदेश ५ मा कृषि, उद्योग, पर्यटन, सेवा, खनिज, जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने प्रचुर सम्भावना रहेको र प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्न तयार रहेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित कपिलवस्तु तिलौराकोट लगायतका क्षेत्र र पहाडी क्षेत्रमा हिल स्टेशनहरुमा लगानी गर्न सकिने औंल्याए ।