शरद रेग्मी, तुलसीपुर ६ माघ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लिको अधिबेशन आगामि महिना दाङको तुलसीपुरमा हुने भएको छ । पश्चिम नेपालको सबैभन्दा पुरानो राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी प्रालिमा रुपान्तरण भए पछि पहिलोपटक अधिबेशन गर्ने निर्णय गरिएको छ । अधिबेशनको पुर्व सन्ध्यामा प्रालिका अध्यक्ष सुरेश हमालले आफ्ना करिव ६ सय ब्यबसायिहरुसङ्ग परामर्श, छलफल र ब्यबसायिक ऐजेण्डालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने सन्दर्भमा नियमित रुपमा छलफल गरेका छन् ।
सो अबसरमा यातायातको क्षेत्रमा बिज्ञ रहेका हमाललाई नेतृत्वमा राख्दा ब्यबसायिक एकता र हकहितका सवालमा अझ सहकार्य हुने बताएका थिए । उनीहरुले आगामि नेतृत्व पनि हमाललाई प्रालिको अध्यक्षमा सर्बसम्मत रुपमा प्रस्ताव गरेका छन । सोमबार तुलसीपुरमा आयोजना गरिएको ब्यबसायिक भेला एब कार्यसमितिको बैठकमा बोल्ने अधिकाश ब्यबसायि, सल्लाहकार एव पुर्व अध्यक्षहरुले भाबि नेतृत्वमा हमालको बिकल्प नरहेको बताएका थिए ।
ऊनीहरुले हमालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गरिने समेत बताएका थिय । कार्यक्रममा प्रालिका बरिष्ठ उपाध्यक्ष भरत नाथ योगिले हमालको नेतृत्वमा आफुहरु सबै क्षेत्र र रुटहरुलाई मिलाएर अगाडि बढने तयारीमा रहेको बताए । कार्यक्रममा पुर्ब अध्यक्ष देबिबहादुर डि.सी., प्रेमबहादुर बस्नेत ,सल्लाहकार भरतराज श्रेष्ठ, प्रसाशनिक सचिब नारायण प्रसाद न्यौपाने, भिमसेन लहरे, माधब न्यौपाने, प्रेम गिरि, प्रितम श्रेष्ठ, लगायतले फाल्गुन दोस्रो साता तुलसीपुरमा हुने अधिबेशन सर्व सम्मत रुपमा सम्पन्न गर्न आफुहरु लागि परेको बताएका थिए ।