२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

हापुरेमा व्यापारीक तथा पर्यटन महाेत्सव हुने

हापुरे, ७ माघ । पश्चिमदाङकाे हापुरेमा व्यापारीक तथा पर्यटन महाेत्सव सञ्चालन हुने भएकाे छ । “कला र सस्कृतिलाई संरक्षण गराै, भ्रमण बर्ष २०२० लाई सफल पाराै”  घुम्न जाऔं हापुरे भन्ने मुल नाराका साथ बबई समृद्धि युवा क्लवकाे आयाेजना र बबई मगर एकता युवा क्लव हापुरेकाे मुल आयाेजनामा यहीँ माघ २९ गते देखि फागुन १० गते सम्म महाेत्सव सञ्चालन हुन लागेकाे हाे ।

पश्चिमदाङका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलकाे प्रचाप्रसार गर्ने मुख्य उद्धेश्य महाेत्सव सञ्चालन हुन लागेकाे मुल आयाेजकले जानकारी दिएकाे छ । महाेत्सवमा विभिन्न व्यापारीक स्टल, राष्ट्रिय तथा स्थानिय कलाकारकाे वेजाेड प्रस्तुति रहने बताइएकाे छ।