२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

७ माघ । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा चौधरी आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए । घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज पठाइएको थियो । मंगलबार बिहान थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।