२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।