२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी

७ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । यो सँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।