२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुर महोत्सवको तयारि अन्तीम चरणमा

शरद रेग्मी, तुलसीपुर ७ माघ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको तुलसीपुर महोत्सव २०७६ आउन ३ दिन मात्र बाँकि रहँदा तयारी तिव्र पारिएको छ । महोत्सवको मञ्च निमार्ण, स्टल निमार्ण, स्वागतद्धार, प्रमाणपत्र छपाई, टिकट छपाई लगाएतका कामहरु अन्तिम चरणमा पुगेका छन ।

महोत्सवलाई सभ्य एव भव्य रुपमा सम्पन्न गर्न गठित बिभिन्न उपसमितिहरु महोत्सवलाई सम्पन्न गर्नका लागी लागि परेका छन । जस अन्तर्गत आज महोत्सव मुल समितिले संघका पुर्व अध्यक्षहरु संग महोत्सवका बारेमा छलफल गरेको छ । छलफलका क्रममा पुर्व अध्यक्षहरुले सभाहलको निमार्ण कार्य सम्पन्न गर्नका लागी आयोजना गरिएको महोत्सवलाई सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन ।

पुर्व अध्यक्षहरु संगको छलफका क्रममा सभाहल निमार्ण संगै तुलसीपुर एअरपोर्टको स्तरोन्उतिका लागी समेत कुरा उठाउन सुझाव दिएका छन । महोत्सवको उद्घाटनका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि आउने भएकाले ज्ञापन पत्र सहित मन्त्रिको ध्यानकर्षण गराउन सुझाव दिएका छन ।

महोत्सव मुल समितिका संयोजक बिर बहादुर रावत विरुको अध्यक्षतामा भमएको छलफलमा संस्थापक अध्यक्ष डिल्ली बहादुर वस्नेत, चिरिञ्जीवी रिजाल, गणेशप्रेम श्रेष्ठ, उत्तम कुमार श्रेष्ठ, हेमन्त रिजाल, निर्वतमान अध्यक्ष विमल रिजाल, सल्लाहकार शुरेस हमाल, महासचिव रुप बहादुर खत्रि लगाएतकाले एअरपोर्ट स्तरउन्तति र सभाहल निर्माणकार्य सम्पन्न गर्नका लागी महोत्सवको आयोजना गरिएको हुँदा यसलाई सफल पार्नका लागी सम्पुर्ण दाङ वासीको सहयोगको अपेक्षा गर्नु भएको थियो ।

माघ १० गते देखि २० गते सम्म १० दिन महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने, १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।