निरास पाण्डे, ७ माघ । शान्तिनगर गाउँपालिकाको आयोजनामा तिन दिने स्थानीय खानेपानि सरसफाई तथा निर्माणका लागि मोबाइल एप्लिकेसन मार्फत संकलन तथा तथ्यांक सम्बन्घि तालिम आजदेखि शान्तिनगरको चिराघाटमा सुरुभएको छ । नेपाल सरकारले लिएको एक घर एक धारा कार्यक्रमलाई सफल बनाउनका लागि कार्यक्रको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको उक्त तिनदिने तालिममा शान्तिनगर गाउँपालिकाका सात वटै वडाका १४ जना महिला पुरुषहरुको सहभागिता रहेको छ । तालिममा वास योजना भनेको के हो, खानेपानि र सरसफाइको प्रकार तथा मोबाइल एप्सबारे जानकारी गराइएको थियो ।
तीनदिने तालिमको प्रशिक्षकमा शान्तिनगर वास संयोजक रमेश केसी, सूचना तथा प्रविधी शाखा प्रमुख रबिन रेग्मी र बिष्णा गिरी रहेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय प्रमुख घनश्याम ओलिले बोलेका थिए भने वास संयोजक रमेश केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिष्णा गिरीले गरेकी थिईन् ।